Search
Generic filters

गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्दा

भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईमाथि

काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईमाथि बहुविवाहको आरोप लागेको छ ।

२ मंसिरमा नेपाली कांग्रेसकी एक जना केन्द्रीय सदस्यसँग पहिलो विवाह गरेका गाउँपालिका अध्यक्ष राईले त्यसको ११ दिनपछि फेरि ललितपुरकी अर्की महिलासँग विवाह गरेको आरोप लागेको हो ।

राईसँग विवाह गरेको विवाह दर्ता प्रमाण पत्र भेटेपछि १३ मंसिरमा विवाह गर्ने ललितपुरकी महिलाले महानगरीय प्रहरी परिसर, टेकु अन्तरगतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कालिमाटीमा किटानी जाहेरी दिएकी छन् । यद्यपि, प्रहरीले अहिलेसम्म जाहेरी दर्ता नगरेको पीडित परिवारले जनाएको छ ।

काठमाडौं प्रमुख प्रमुख एसएसपी सुदीप गिरीले गाउँपालिका अध्यक्ष राईविरुद्ध बहुविवाहको उजुरी आएको स्रोतलाई पुष्टि गरे । ‘एक जना महिलाले आफू जेठी श्रीमती भएको बताउँदै उजुरी दिनुभएको छ’ गिरीले भने, ‘त्यही आधारमा दुई पटक छलफलसमेत गराएका थियौं ।’

तर कागजीरुपमा अर्कै महिलासँग अगाडि विवाह भएको देखिएकाले जेठी र कान्छी नै छुट्टयाउन गाह्रो परेको उनले बताए । ‘यो विषयमा अनुसन्धान भइरहेको छ, उजुरी दिनेले रितिरिवाज अनुसार मगनी गरेको भन्नु भएको छ’ गिरीले भने, ‘थप बुझ्ने काम भइरहेको छ ।’

पीडित महिलाका दाइका अनुसार राईकी श्रीमतीको गत जेठ महिनामा निधन भएको थियो । त्यसपछि उनले ललितपुर बस्दै आएकी आफ्नी बहिनीसँग मगनी गरेका थिए । बिहेको प्रस्ताव षडानन्द नगरपालिका दिङ्लाका मेयर बीरबल राईले आफू कहाँ ल्याएको दाइ बताउँछन् ।

१३ मंसिरमा विधिवत् रुपमा विवाह गरेका अध्यक्ष राई माघ महिनाबाट सम्पर्कविहीन भएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters