दिनभरी अनावश्यक थकान र निन्द्रा लाग्छ ? यी हुनसक्छन् कारण

हामि कहिलेकाँहि कार्यक्षेत्रमै वा अन्य ठाउँहरुमा सक्रिय भईरहनु पर्ने अवस्थामा पनी थकित र अल्छिपन महसुस गर्छौ । यसले पक्कै पनि दैनिक जिवनमा प्रभाव गर्छ । अझ के भनेनी ! प्रशस्त निन्द्रा र अरामको बाबुजुत पनि अनावश्यक तरिकाले अल्छि र निन्द्रा लागिरहेको हुन्छ ।

फाईल तस्विर / एजेन्सी

थहा पाउँनुहोस् कारणहरू

  • अनियमित ब्यायाम
    तपाइँ ब्यायाम गर्नुहुन्छ तर नियमित गर्नुहुन्न भने ब्यायाम छाड्नु भएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायाम नियमित बनाउनुस् ।
  • आइरनको कमी
    रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रसस्तमात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुुस् ।
  • पानि कम पिउँनु यदि अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम भएमा यसले तापाइँलाई थकित महसुस गराउँछ । त्यसैले प्रशस्तमात्रामा पान पिउने गर्नुस् ।
  • काममा लोड
    कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले तापाइँलाई फूर्तिलो रहन दिदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाइँलाई गलाइरहेको हुन्छ ।
  • ब्रेकफास्ट
    ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरीनै तपाइँ थकित रहने सम्भावना प्रवल हुन्छ ।। त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।