Search
Generic filters

बत्ति ननिभाई सुत्ने बानीले बढाउँन सक्छ मुटु र मधुमेहको जोखिम

एजेन्सी । नसर्ने रोगहरुको जोखिम सुत्ने वातावरण पनि निर्धारन गर्ने एक अध्यानले बताएको छ । ‘यदि राती सुत्ने बेलामा तपाईंले बत्ति निभाउनु भएन वा पर्दा नतानी सुत्ने कोठा उज्यालो राख्नु भयो भने त्यसले तपाईँमा मुटु रोग र मधुमेहको जोखिम बढाउँछ । त्यसैले यदि तपाईं मधुमेह र मुटु सम्वन्धी रोगबाट जोगिन चाहनुहुन्छ भने सुत्नु अघि बत्ती निभाउनुहोस् र पर्दा तान्नुहोस् ।’

फाईल तस्विर
  • जोखिम कसरी बढाउँछ ?
    आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै इलोनोइस स्थित नर्थ वेस्टर्न युनिभर्सिटीका अनुसन्धानकर्ताहरु भन्छन्, ‘यदि तपाईं राती सुतेका बेलामा समेत कोठामा उज्यालो कायम भयो भने तपाईँ निदाएकै बेलामा पनि मुटुको गति दिउसोको समयमा जत्तिकै धड्किन सक्छ । जवकी निदाएको बेलामा मुटुले पनि आराम पाउनु पर्ने हो । र, यसको असर भोलिपल्ट विहान शरीरले निकाल्ने इन्सुलिनमा समेत देखिन सक्छ ।
  • शरीर सुतेका बेलामा भित्रका महत्वपूर्ण अंगले पनि आराम पाउनु पर्छ तर उज्यालोले त्यस विपरित असर गर्दछ । त्यसैले जोखिम बढाउँछ ।
  • उनीहरुले २० जना बयस्क व्यक्तिमा गरिएको एक प्रयोगबाट शरीरलाई हानिकारक प्रभावको अनुभव गर्न मध्यम प्रकाशको जोखिम एक रातमै प्रयाप्त भएको देखाएको समेत बताएका छन् ।
  • अनुसन्धान प्रतिवेदनमा उनीहरुले मानिसहरुले आफ्नो सुत्ने कोठाको प्रकाशको बारेमा पुर्नबिचार गर्न आग्रह गरेका छन् ।
  • अनुसन्धानको नेतृत्व गरेकी डा फिलिस जी भन्छिन्, ‘यदि तपाईँहरुले यो सबै चिजहरु साँच्चै राम्रोसंग हेर्नसक्नु भयो भने जीवनलाई स्वस्थ र सरलसंग अघि बढाउन सकिन्छ ।’ उनले थपेकी छन्, ‘यदि कोही बृद्ध व्यक्तिमा राती हिडडुल गर्न उज्यालो चाहिन्छ भने भुईमा मधुरो प्रकाश राख्नु उत्तम हुन्छ ।’
  • उनले तपाईँको नियमित रुपमा खराब सुताई भयो भने त्यसले मोटोपना र डिप्रेसन सहित अन्य स्वास्थ्य समस्या बढाउने समेत चेतावनी दिएकी छन् ।

एजेन्सीको सहयोगमा तयार पारेको सामाग्री

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters