कैलालीमा दुईनाले बन्दुकसहित ३ जना पक्राउ

कैलाली । कैलालीको कैलारीगाउँपालिकाबाट सशस्त्र प्रहरी बल नं ३४ गणमातहतकाे बिओपीबाट खटिएकाे टाेलीले कैलारी गाउँपालिका-५ छाेटीपलियाबाट कैलारी-३ का नीरेन्द्र चाैधरी, साेही ठाउँका लाैटन चाैधरी र सन्तराम चाैधरीलाइ एक थान दुइनाले बाह्रबोरको बन्दुक सहित पक्राउ परेका छन् ।

से २ प ८९२ नं को गुडिरहेको मोटरसाइकल रोकी चेक गर्दा इजाजत नभएको एक थान बन्दुकसहित पाँच थान बन्दुकमा प्रयोग हुने टोटा कार्टिज, तीन थान मोबाइल र उक्त मोटरसाइकल बरामद गरिएको जनाइएको छ ।