आज काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाइँदै

file photo

काठमाडौं

उपत्यकामा आज घोडेजात्रा मनाइँदै छ । चैत्र कृष्ण औंसीका दिन टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ । उपत्यकामा घोडेजात्रा मनाउने परम्परा मध्यकाल समय देखि नै चलिआएको मानिन्छ ।

पहिले नयाँ वर्षलाई मनोरञ्जनात्मक बनाउनको लागि यस घोडेजात्रा पर्व मनाइन्थ्यो भन्ने कथन समेत रही आएको छ । जनविश्वासमा आधारित यस परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडेजात्राको दिन नेपाल क्याभ्लरीको कमाण्डिङ अफिसरको नेतृत्वमा घोडाघोडीबाट कौशलपुर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्ने गरिन्छ ।