महानिरीक्षक सर्वोन्द्र खनालसँगै स्वतन्त्र उम्मेदारी घोषणा गरेका अब्दुस मिया एमाले प्रवेश

अश्विन ६, सुर्खेत । नेकपा एमालेको कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा समेत गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् ।

रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका ३० वर्षीय मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।

युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा लागेका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारी लीएका थिए ।