वीरेन्द्रनगर २ बाट काँग्रेस, माओवादीका २१ जनाले गरें एमाले प्रवेश

भदौ ३०, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. २ प्रगतिशिल टोलबाट नेपाली काँग्रेस र माओवादी केन्द्र परित्याग गरी बलबहादुर सुनार ,यामलाल गिरि, डिलमाया सुनार लगायत २१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेमा प्रवेश गर्दै उनिहरुले ‘एमाले बाहेक अरु कसैले यो देशलाई समृद्धितर्फ लैजान सक्दैनन् । एमाले मात्र देश विकास गर्ने देशको बलीयो खम्बा हो भन्दै देश विकासमा नेकपा एमालेको बिकल्प नरहेको समेत बताएका छन ।

उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला सहइन्चार्ज र वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गरेकी थिइन ।
कार्यक्रमलाई सम्वोधन गर्दै ‘आगामी निर्वाचनमा एमालेलाई विजयी गराउन सबै कार्यकर्ता खट्न जरुरी छ । गठबन्धन दलहरु एमाले सामू निरीह बन्दै गइरहेका भन्दै एमालेले आगामी निर्वाचनमा बहुमतसहितको सरकार बनाउने गरि सबै लाग्नुपर्ने बताएकी छन ।’