विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने ः प्रचण्ड


भदौ २४, सुर्खेत । आज पोखरामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगर्न सक्ने आशंका प्रकट गर्दै त्यसो भएमा यो विषय अदालतमा जाने वा राष्ट्रपतिले राजीनामा दिनपर्ने उनको भनाइ छ ।

दोस्रोपटक दुवै सदनबाट पारित भएर गएको विधेयकलाई राष्ट्रपतिले रोक्ने कुनै ठाउँ संविधानले नदिएको बताउदै उनले भने, ‘मलाई त प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ । तर केही दिनअघि भेटेर कुरा गर्दा उहाँले यसलाई पोलिटिकल इस्यू बनाउने मुडमा रहेको पाएको थिएँ । त्यसैले नगर्ने सम्भावना पनि छ । गर्नुभएन भने यो इस्यू अदालतमा जान्छ र अदालतको फैसलापछि अगाडि बढ्छ ।’
प्रचण्डर्ले उल्लेख गरे ।

‘मैले राष्ट्रपतिलाई पनि भनेको थिएँ । प्रमाणीकरण नगरेको अवस्थामा या त राजीनामादिने वा अदालतमा जाने हो । यो दुईवटा हुन सक्छ,’ उनले भने