लैनचौरमा प्रचण्ड र बाबुरामबिच भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले भेट गरेका छ्न् । बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा उनीहरूबीच समय-समयमा भेट भईरहने ।

बुधबार मात्र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै पार्टी विभाजन गरेका भट्टराईले बिहीबार प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भट्टराईनिकट स्रोतले भने उनी माओवादीमा नफर्किने दाबी गरेको छ । भट्टराईले २०७२ सालमा माओवादी त्यागेका हुन् ।