इसाइकरण हुने मुलुकहरुमा नेपाल एक नम्बरमा पर्छ – कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा – तस्वीर : उमेश शाही/लाईका खबर

सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन र ईसाईकरण हुने मुलुकहरुमा नेपाल पहिलो श्रेणीमा भएको बताएका छ्न् । आज बुधबार वीरेन्द्रनगरमा आयोजित राप्रपा नेपालको अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

नेपाल अन्य आर्थिक बिकस, रोजगार, गरिवी निवारण, स्वास्थ तथा शिक्षा सबैभन्दा तल भएको बताउँदैँ अध्यक्ष थापाले ,” समाजको इसाईकरण गर्ने काममा विश्वमै नेपाल सबैभन्दामाथि छ । बिगत एक दशकमा २५ देखि ३० प्रतिशत नेपालीहरुले धर्मान्तरण गरेका छ्न् ।” भनें ।

यसरी धर्मान्तरण भईरहदाँ नेपालको राष्ट्रिय एकता र राष्ट्रियतानै कम्जोरसमेत भएको जिकिर गरेका छन् ।

धर्म भनेको संस्कारमात्र नभएर “धर्म” जिवन दर्शनसमेत भएको बताउँदै । “धर्म जिवन जिउँने कला हो, धर्म जिवन दर्शन हो, सनातन धर्म नेपालीको पहिचान हो । एकताको शुत्रमा गास्ने आधार हो । चाहे धोती लगाउँ चाहें टोपि लगाऔं धर्महरू छ्न् । थापाले भनेका छ्न् ।

उनले सनातन धर्म हिन्दूमात्र नभएर संसारमा भएका सबै धर्महरु सनातन धर्मका सद्स्यसमेत भएको बताए ।