Search
Generic filters

पोखराका मेयर धनराज आचार्यले ‘एक घर एक वृक्षरोपण’ रोप्न नगरवासीलाई आग्रह

पोखरा महानगरपालिकामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम सञ्चालन भएको छ । महानगरका मेयर धनराज आचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोपिसक्नु पर्ने बताएक छन् ।

आइतवार ५० औं विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने जानकारी दिएका छन् । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताए ।

केही वर्ष अगाडि सेती नदीमा आएको अप्रत्यासित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि बृक्षारोपण अनिवार्य रहेको धारणा राखेका छन् । उनले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिने खालका सानातिना विरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह समेत गरेका छन् ।

पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र बर पिपल मासिएका उल्लेख गर्दै उनले सडकका किनारामा कस्तो विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग बसेर निष्कर्षमा पुगिने बताएका छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters