प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर र लोकतान्त्रीक समाजवादी पार्टि नेपालका अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा भेट भेटवार्ता भईरहेको छ । पाँच दलिय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँने चहलपहल चलिरहेका बेला देउवा र ठाकुरबीच भेटवार्ता भएको हो ।

कात्तिक-मंसिरमा हुने संघ र प्रदेशको चुनावमा सहकार्य गर्ने बारेमा प्रधानमन्त्री देउवा र ठाकुरबीच छलफल भैरहेको बताइएको छ ।

आफूहरुले विगतदेखि राख्दै आएको नागरिकताको समस्या, संविधान संशोधन, मुद्दा फिर्तालगायतका माग सम्बोधन गरे मात्र सत्ता पक्षसँग सहकार्य हुन सक्ने धारणा राख्ने कुरा पार्टीलाई जानकारी गराएर अध्यक्ष ठाकुर बालुवाटार गएका हुन् ।

आजै लोसपा पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक राखिएको थियो । सो बैठकमा आफू प्रधानमन्त्री देउवासँग भेट्न गइरहेको र त्यहाँ लोसपाले विगतदेखि उठाउँदै आएका मागका विषयमा कुरा राख्ने जानकारी नेताहरुलाई ठाकुरले गराएका थिए ।