Search
Generic filters

केपी ओलीबाहेक एमालेका सबै नेतासँग मिल्न सकिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता/कार्यकर्तासँग मिल्न सकिने बताएका छन् । शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले , ‘यो (केपी ओलीको) अहंकार यति धेरै धम्स नहुने हो भने अरु सबै एमालेका नेता/कार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’ भने

तर, केपी ओलीकै व्यवहारका कारण सिंगो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ । प्रचण्ड भन्छन, ‘उहाँ (ओली)ले जस्ता शब्द प्रयोग गर्नुभयो यसले म अझै चिन्तित भएको छु ।’

०७४ को प्रदेश र संघीय चुनावमा गरेको वाम तालमेल, चुनाव लगत्तै गएको पार्टी एकता, दुई तिहाइ बहुमतको संघीय सरकार, ६ वटा प्रदेश सरकार नेकपाले बनाएको स्मरण गर्दै प्रचण्डले थपे, ‘आज यो परिस्थिति कसले बनायो ? यसको जिम्मेवारी लिन को ?’ नेकपामा विवाद भएपछि आधा कार्यकार्यकाल प्रधानमन्त्री चालाउने सहमतिबाट पछाडि हटेर आफूले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री हुनुस् भनेर छाड्दासमेत नेकपा बच्न नसकेको उनले बताए ।

नेकपाको वैभवमा प्रधानमन्त्री बनेका ओलीले नेकपा एकता भंग भएर नयाँ गठबन्धन बनेपछि, राष्ट्रिय सभाको चुनाव भएपछि, बार एसोशिएसनको चुनाव भएपछि अझ स्थानीय तहको चुनाव भएपछि चेत्लान भन्ने आफूले ठानेको तर, त्यस्तो महसुस विल्कुल नहुने गरी प्रस्तुत भएको प्रचण्डले बताए ।

‘म तीन घण्टा सम्बोधन भए पनि ध्यानपूर्वक सुनिरहेको थिएँ कतै रियलाइजेशस आउँछ कि, कतै वामपन्थहरूको एकताको कुरा आउँछ कि’ प्रचण्डले थपे, ‘तर, आएन् । पुर्नसमीक्षा गर्ने कुरामा जानुहन्छ कि भनेको त उहाँ त सुरुदेखि अन्त्यसम्म खाली गाली र बदनामी गर्नेमा मात्रै केन्द्रित हुनुभयो । मेरो दृष्टिमा उहाँ आफनो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।’

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters