यस्ता छ्न् गुराँसलाई समृद्व गुराँस बनाउने एमालेका चुनावी एजेण्डा

दैलेख | गुराँस गाउँपालिकाको एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा कुधिरहेका छ्न् लगाइरहेका छ्न् । एमालेबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारले ६ संकल्पसहित घोषणापत्र सार्वजनिक गरिसकेका छ्न् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले गुराँस गाउँपालिकाले ६ संकल्पसहित घोषणापत्र सार्वजनिक गरेका हुन् ।

’हामी शासक होइन जनताको सेवक हुनेछौ, हामी सामाजिक जागरण र विकासका अभियान्ता हुने छौं, हामीले नेतृत्व गरेको गुराँस गाउँपलिका सुशासनको नमूना बन्ने छ, हामीले सदाचारका दृष्टान्त स्थापना गर्ने छौ र सबै प्रकारका आग्रह पूर्वाग्रहबिना कार्यसम्पादन गर्ने छौं, हामीले कुनै भ्रष्टचार गर्ने छैनौं र कर्डाइका साथ भ्रष्टाचार नियन्त्रणमा लागिपर्ने छौं र हमी भ्रष्टाचारी व्यभिचारी अनियमितता र सार्वजनिक सम्पत्तीको दोहन गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्ने जस्ता संकल्प उल्लेख छ्न् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनले नेकपा एमाले गुराँस गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारसँग केहि मतान्तरले पराजित भएको थियो । यहि वैशाख ३० गते हुन लागेको निर्वाचनमा ’सुशासन, कृषि, पर्यटन र स्वरोजगारको आधार गुराँस गाउँपालिकामा एमालेको सरकार भन्ने नारा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएको एमाले जीत हात पार्ने दाबीसहित चुनावी मैदानमा छ ।

यस्ता छ्न् गुराँसलाई समृद्व बनाउने नेकपामा एमाले गुराँसका एजेन्डाहरू (पूर्णपाठ)

कृषि

एक गाउँ एक उत्पादन, एक सिंचाइ पोखरी र टनेल, एक वडा एक बहुउद्देशीय नर्सरी र एक वडा एक कृषि हाटबजार तथा संकलन केन्द्र । खेती योग्य जमिनको उचित व्यवस्थापन र बाँझो जमिनलाई रोजगारमुलक भू-उपयोग निति अवलम्बन गरिने छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण तथा यान्त्रीकरण गरिने छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरिने छ । कृषि तथा पशुपालनका विभिन्न बिधाहरुमा पकेट क्षेत्र जोन सुपरजोन क्षेत्र पहिचान गरि अनुदान समेतका एकिकृत कार्यक्रम लागु गरने छ ।

पर्यटन

यस क्षेत्रका बिभिन्न पर्यटनका पक्षहरु जस्तै कृषि पर्यटन धार्मिक पर्यटन साँस्कृतिक पर्यटन प्राकृतिक पर्यटन जल पर्यटन लगायतका पर्यटन क्षेत्रको पहिचान गरि पर्यटन व्यवसायको विकास गरिने छ । पर्यटन बिबिध क्षेत्रहरु जस्तै गुराँस सरक्षण तथा पदयात्रा पार्क तथा भ्यू प्वान्ट तथा भ्यू टावरको निर्माण रिर्सोट तथा होम स्टेको संचालन गरिने । पर्यटन सुचनाकेन्द्र पर्यटन संग्राहलय पर्यटन कोशेलीघरको स्थापनागरि स्थानीय रैथाने उत्पादनको बजारीकरण । सास्कृतिक पर्यटन प्रर्बद्घनको लागि परम्परागत रुपमा चल्दै आएका मेलाहरुलाई सांस्कृतिक मनोरन्जन र आयआर्जनको जस्ता बहुआयामिक बनाउने सांस्कृतिक मोहत्सब संरक्षण गर्दै साँस्कृतिक तथा ऐतिहासिक संग्रालय स्थापना गरिने छ । आदिबासी जनजाती तथा राउटेलगाएतका लोपउन्मुख समुदायको बिशेष सांस्कृतिक पहिचान गरि त्यसको संरक्षण र सम्बर्धन गरिने छ । राउटे लागाएत आदिबासी जनजातीको साँस्कृति झल्कने संग्राहलयको व्यवस्था गरिने छ । बनभोज स्थल बनस्पती उद्यानहरु पार्क पैदलमार्ग लगाएत विभिन्न प्रयटन पुर्वाधारको बिकास गरि पर्यटकहरु आकर्षित गरिने छ । रैथाने उत्पादनबाट तयार गरिएका परिकार को प्रचारप्रसार गर्न खाद्य महोत्सब र गुराँसको सिजनमा गुराँस महोत्सबको आयोजना गरि पर्यटक आर्कषित गरिने छ । यस क्षेत्रका गुफाहरुको पहिचान गरि प्रचार प्रसार र आवश्यक पूर्वाधारको बिकास गरिने छ । मठमन्दिर हरुको संम्बर्धन गरिने छ। तल्लो डुङ्गेश्वर देखि खुर्सानीबारी क्षेत्रमा र्याफ्टीङ्ग र लेकसाईटमा प्याराग्लाईडिङ्ग को लागि निजी क्षेत्रसंग साझेदारीमा काम संचालन गरिने छ ।

स्वरोजगार

एक युवा एक शिप एक घर एक व्यवसाय अर्थात एक व्यक्ति एक पेशा एक गाउ एक उत्पादन कार्यक्रमलाई लाई प्रभावकारी रुपमा संचालन गरि कृषि उपज संकलन प्रशोधन बजारीकरणको व्यवस्था गरिने छ । सामुहिक आवास सामुहिक आवास सामुहिक खेती तथा सहकारी क्षेत्रलाई बिषेश जोड गरिने छ । हरेक वडामा कृषि भेटरीेनरी बन पैदावार लगायतका प्राबिधिक सेवाकेन्द्रको स्थापना गरिने छ । शिपमुलक तालिमकेन्द्रको स्थापना गरि मागमा आधारित शिपमुलक तालिम संचालन गरिने छ साथै लोकसेवा र शिक्षकसेवा आर्मी पुलिस तयारीकक्षा संचालन गरि रोजगार सृजनामा पहल गरिने छ । तोकिएको उत्पादनका क्षेत्रमा सहभागिहूने युवाहरुलाई सुलभ कर्जा र अनुदान सहयोगको कार्यक्रम संचालन गरिने छ । यस क्षेत्रमा रहेका खनिज साधन तथा प्राकृतिक श्रोतसाधनको उपयोग सम्बन्धी स्पष्ट निति बनाई व्यवस्थीत गरिने छ सार्बजनिक तथा निजी बाझोजग्गा भूमि बैकिङ्गको माध्यमबाट उपयोग निती ल्याई २०० जनालाई रोजगारी सृजना गरिने छ । माथिल्लो कणर्ाली जलबिद्युत आयोजनामा सेयर लगानी माँगगरि त्यसक्षेत्रमा सृजनाहुने रोजगारीमा सहभागिताको लागि जिल्लाबासीको नाताले जोडदार पहल गरिने छ । गुराँसका केही बजारहरुलाई स्थानीय उत्पादनमा आधारित मिनी औधोगिक ग्राम को रुपमा बिकास गरिने छ ।

यातायात

प्रत्येक वडा कार्यालयसम्म सडक स्तरउन्तती, वडा कार्यालय देखि प्रत्येक बस्तीस्तर कृषि सडकले जोड्ने । गुराँस रिङरोड अर्थात गुराँसे दोबाटो,बेडुगाउ,पातलखोला,तल्लो डुङ्घेश्वर माथिल्लो डुङ्घेश्वर धरमपोखरा भिउचुला रातानाङ्घला सडकको स्तरउन्नती । गुरास गौरबमार्ग धरमपोखरा पातलखोला स्तरउन्नती तथा गुराँसे स्याउलीबजार राउटे गल्छीना बिउराखेत बुबैराखे बिउराखेत भिउचुला बगौरा पुलिया घुम्नेबिसाउ झुज मर्खे घुम्नेबिसाउ लालिाकाँडा झुज उगाडा ओख्रेनी घिउपोखरी गर्चा मिलनचौक तथा छोटेपोखरा गैरीगाँउ मिलनचौक सडक स्तरउन्नती गरी कृषि उत्पादक बस्तीलाई स्थनीय बजार तथा बाह्य बजारसंग जोड्ने । पालीका क्षेत्रमा ग्रामिण वस सेवा गाँउपालीकाको पहलमा संचालन गरी जनतालाई सर्वसुलभ यातायात सेवा प्रदान गरिने छ ।

शिक्षा तथा खेलकुद

गराँस गाँउपालिका मा २ वटा क्याम्पस र २ वटा डिप्लोमा तहको प्राबिधिक शिक्षा प्रत्येक वडामा आवश्यकता अनुसारको प्राथमिक तह देखि १२ सम्मका कक्षा संचालन गरि रोजगारमुलक प्रगतिशिल शिक्षामा जोड दिइने छ । गाँउपलिका स्तरमा एक मिनी रंगशाला हरेक वडा वा माध्यामिक बिद्यालयमा बिज्ञान प्रयोगशाला खेलकुद मैदानका साथै कबर्डहल र खेल कक्ष सामुदायिक पुस्तकालय, आइ टी तथा संचार केन्द्रको समेत स्थापना गरिने छ । सरकारी सहकारी तथा सामुदायिक क्षेत्रका बिद्यालयलाई स्तरउन्नती शैक्षिक गुणस्तर सुधार गरिने छ । केन्दीय सरकारका निःशूल्क शिक्षा नितिको प्रभावकारी रुपमा अनुसरण गरिने छ । दलित जनजाति बिपन्न वर्ग र महिलालाई उचित छात्रबृत्ति र निःशुल्क उच्चशिक्षाको अवसर प्रदान गरिने छ । श्रोत साधनको प्रर्याप्तता सहितको मेघा स्कुल र प्रत्येक वडाका प्रा.बि.मा क्रमशं नमूना बिद्यालय निमाणर् गरीने छ । गुराँसको सबै पाएकपर्ने स्थानमा प्राबिधिक बिषयको आधारभुत तहको जनशक्ति उत्पादन गर्ने तालिम केन्द्र तथा उच्च कोटीको ट्युसन सेन्टर संचालनमा ल्याउने र शैक्षिक मेला संचालन तथा व्यवस्थापन गरिने छ । पालिकाको सबै सामुदायिक बिद्यालय ५ वर्ष भित्र टिनको छानामुक्त गरि सुरक्षीत बिद्यालय बनाईने छ ।

स्वास्थ्य सेवा

केन्द्रमा एमाले सरकारको पालामा रतिखोलामा सुरु गरेको १५ शैयाको अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने छ । गुराँसबासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमालाई प्रभावकारी बनाईने छ र स्वास्थ्य बिमा सबै घरपरिवारको गरीने छ । हरेक वडा संचालित बर्थिङ्गसेन्टर सेन्टरलाई सुबिधा सम्पन्न गराईने छ र गाउ घर किलिनिक बिस्तार गरिने छ । सेवामा संलग्न स्वयमसेबिकालाई थप प्रोत्साहन सुबिधा व्यवस्था गरिने छ । एम्बुलेन्स सेवालाई नियमित र व्यवस्थीत गरिनेछ । पालिका स्तरमा एक आर्युबेदिक आरोग्य केन्द्र सचालनमा ल्याईने छ । हरेक स्वास्थ्य चौकीहरु मा ल्याव सेवा र मिनी अक्सीजन पलान्ट निमाणर् गरि संचालन गर्ने निजी,सरकारी र सहकारी लगानीमा एक जनमैत्री अस्पताल बनाउने । सुनौलो हजार दिनको आमालाई पोषण तथा घर भेट कार्यक्रम संचालन गरिने छ र समय समयमा स्वास्थ्य सिबिर संचालन गरि स्वास्थ्य सेवालाई सहज बनाईने छ ।

खानेपानी तथा सरसफाई

सतहगत तथा लिफ्टिङ प्रबिधि प्रयोग गरि दिगो एक घर एक धाराको व्यवस्था सबै घरधुरीमा स्वस्थ खानेपानीको व्यवस्था गरिने छ । गुराँसका सबै स्थानीय बजारमा कुहिने र नकुहिने फोहोर जम्मागर्ने कन्टेनर हरु राखि फोहर व्यवस्थापन गरिने छ गुरासेक्षेत्रमा आन्तरिक पर्यटकहरुले फाल्ने पल्ष्टीक जन्य फोहोर जम्मागर्ने पर्यटकको चापहुने स्थानमा पनि कन्टेनरको व्यवस्था गरिने छ । गुराँसे वजार लगाएत सवै वडाका केन्द्र र विद्यालयहरुमा खानेपानीको व्यवस्था संस्थागत ढंगवाट पालीकाको पहलमा समाधान गरिने छ । कणर्ाली देखि थामालेखसम्म लिफ्टीङ्ग सिचाई व्यवस्था लोहोरेखोला देखि डुडापोखरा राक्सेढुगा सम्म लिफ्टीङ्ग सिंचाई ।

उर्जा तथा विद्युत

गुराँस उज्यालो कार्यक्रमलाई सामुदायिक बिद्युतीकरण अन्तरगत थप प्रभावकारी बनाउदै सबै घरमा बिद्युत जडान तथा बैकल्पीक उर्जाको व्यवस्था गरि न्यूनतम बिद्युत उपयोग गर्ने घरधुरीलाई बिद्युत महशुल मिनाह गर्ने व्यवस्था गरिने छ । प्रत्येक स्थानीय बजारमा सौर्य सोलारलाईट जडान गरिने छ ।

सूचना तथा संचार

प्रत्येक माध्यामिक बिद्यालयमा संचार ग्राम र इ लाईबेरीको स्थापना गरिने छ । मोबाईल एप्लिीकेसन संचालन गरि गाउपालिकाको हरेक गतिबिधिहरु नागरिकको मोबाईल मोबाइलमा जानकारी पुग्ने व्यवस्था गरिने छ । हरेक वडा केन्द्र । विद्यालय क्षेत्रमा वाईफाई तथा ईन्टरनेट को व्यवस्था गरिने छ । गुराँस गाँउपालीका कार्यलय आसपास को टेलिफोन नेटवर्क समस्या लगायत पालीको हरेक क्षेत्रमा टेलिफोन सेवा सहज वनाईने छ ।

वन पैदावार

गुराँस लगाएत बिभिन्न प्रकारका बनस्पतीहरुको उद्यान निर्माण गरि बन पैदावार र जंगली जनावरको संरक्षण गरिने छ । नेपाल सरकारको अनुमतीमा स्थानीय सरकार आय बृद्धिहुने गरि शिकार गर्ने व्यवस्था गर्ने । जल जंगल जमिन जडिबुटी र जनशक्तिको उचित व्यवस्थापन गर्न पाँच ज को अभियान संचालन गरिने छ । सामुदायिक कबुलियती र निजीबन प्रर्बधन गरि श्रोतसाधन संरक्षण गरि आयमुलक एवं व्यवसायिक प्रयोजनमा उपयोग गरिने छ । बनसंग सम्बन्धीत कालिज पालन मृग पालन र बदेलपालन कार्यक्रम संचालन गरिने छ । एक घर १० बिरुवा तथा एक समुदाय एक सामुदायिक बन व्यवस्थापन गरिने छ । गुराँसको धन ः आयमुलक वन को अबधारणामा प्रत्येक वडामा बृहत बनबगैचा निर्माण गर्ने ।

बैकिङ्ग तथा बित्तियसेवा

गाँउपालिकामा संचालित बैकको सेवालाई समयानुकुल प्रभावकारी बनाईने छ, सामाजिक सुरक्षा भत्तालाई वडास्तरबाट घुम्तीसेवा मार्फत वा बैकल्पीक व्यवस्था गरि बितरण गरिने छ । गाँउ गाँउमा सहकारी घरघरमा रोजगारी भन्ने नारालाई व्यवस्थीत गरि सरकारी निजि र सहकारी क्षेत्रको साझेदारीमा उद्योग व्यवसाय संचालन गरि रोजगारी सृजना गरिने छ ।

सुशासनको प्रत्याभूति

गाँउपालिकाका सबै कार्यक्रम तथा योजनामा पारदर्शिता, सहभागिता, जवाफदेहिता दुरर्शिता जस्ता शुसासनका सबै सुचकहरु जनताले अनुभुती गर्नेगरि पालना गरिने छ । हरेक योजनाको योजना स्थलमा र बार्षिक रुपमा सबै वडाकार्यालयमा सार्वजनिक सुनुवाई गरि जनतालाई सुसुचित गरिने छ । हरेक आयोजनाको पारदर्शिबोर्ड राख्न लागाईने छ । योजना तर्जुमा गर्दा बस्तीस्तरबाट सुरुगरि सरोकारवाला सबैको सहभागितामा छनौट गरि प्राथमिकताको आधारमा कार्य सम्पन्न गरिने छ । असल शासन तथा भ्रष्टाचार मुक्त गुराँस गाउपालिका निर्माण गर्न पहल गरिने छ । पालिका स्तरमा केन्दीकृत गरिएका सम्पूणर् जनसेवा संग सम्बन्धीत कार्यहरु वडा तथा गाउतहमा बिकेन्दीकृत गरिने छ ।

लोक कल्याणकारी कार्य

युवाहरुलाई धुम्रपान मद्यपान जुवा तास तथा लगाएतका दुरव्यसनबाट अलग राख्न सामाजिक सेवा खेलकुद स्वरोजगार शिकाइका प्रकृया निरन्तरता दिदै सृजनात्मक कार्यमा संलग्न गराउन रचनात्मक कार्यमा ध्यान दिईने छ । बालबिवाह, बहुबिवाह, जातीय, छुवाछुत, बोक्सा बोक्सी भुतप्रेत जस्ता सामाजिक कुरीती र अन्धबिश्वास बिरुद्ध बिभिन्न गतिबिधिहरु संचालन गरिने छ । मानब अधिकार बाल अधिकार र महिला हकहितको प्रत्यभुती गराउदै महिला शसक्तिकरणमा बिशेष बनाई लागु गरिने छ । जनता आवास कार्यक्रम खरको छानामुक्त कार्यक्रम र अव्यबस्थित बसोबासलाई व्यवस्थित गर्ने कायक्रम लाई बिना भेदभाव सिमान्तकृत वर्ग समुदाय र घरधुरी सम्म पुर्‍याईने छ । गुराँसे वजार आसपासमा स्थानिय यातायात र अतिथी गृहको स्थापना गरिने छ । जेष्ठ नागरिक र एकल महिलालाई औषधी, यातायात ,संचार मा सहुलियत प्रदान गरिने छ एकल पुरुष तथा अन्य आवश्यकता अनुसार सम्मानका कार्यक्रम गरिने छ । जेष्ठ नागरिक पार्क तथा क्लबहरु निर्माण गरि आनान्द प्रदान गर्न पहल गरिने छ । अपांगता भएका उनीहरुको अवस्था र क्षमता अनुसारको अवसर, सहुलियत र जिबिकोपार्जको व्यवस्थालाई व्यवीस्थित गरिने छ । विभिन्न क्षेत्र छनौट गरि बालमैत्री उद्यान निर्माण गरि संचालनमा ल्याइने छ । हाल निर्धारण गरिएको जग्गाको मालपोत (तिरो) को दर बढी भएकोले बैज्ञानिक बिधि अपनाई करकादर हेरफेर गरिने छ । पालिका स्तरमा कुनै पनि क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान तथा विशेष कार्यक्रम संचालन गरिने छ ।