’माधवजीको पार्टीले औकातभन्दा धेरै ठाउँ खोज्यो ’- प्रचण्ड

नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले माधव नेपालको पार्टिले आफ्नो औकात भन्दा अलिक बढिनै मागेको दावि गरेका छ्न् । प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा दाहाल ’प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा तालमेल हुन्छ भनेर भर पर्न नहुने बताउँदै यस्तो बताएका हुन् ।

प्रचण्डले ’कतिपय ठाउँमा सत्तारूढ दलसँगै गठबन्धन हुन्छ होला । कतिपय अन्य दलहरूसँग पनि हुनसक्छ । हामीले एक्लै लड्ने ठाउँ पनि हुन्छन्,’ प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने ,’माधवजीको पार्टीसँग पनि तालमेल हुन्छ होला । तर उहाँको पार्टीले आफ्नो औकात बिर्सिएर धेरै मागिरहेको छ । त्यसैले अलि कठिन भएको छ ।’ भने ।

अरू पार्टीबाट प्रवेश गरेकाहरूलाई निर्वाचनमा उम्मेदवार बनाउने नबनाउने बारे छलफल गर्न जरूरी रहेको समेत प्रचण्डले बताएका थिए ।

’हामीले जति प्रवेश गराउनु थियो गराइसकेका छौं । अब प्रवेश गराउने बारे सोच्नुपर्छ । किनकि पार्टीमा आउनसाथ भाग खोज्न सक्छन्, ’प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ’नवप्रवेशीलाई ठाउँ दिँदा आफ्नै साथीहरू असन्तुष्ट हुनेतर्फ पनि ध्यान दिनुपर्छ ।’