९ महिना भईसक्यो देउवा प्रधानमन्त्री बनेको तर अझै सम्पत्ति विवरण सार्वजनकि गर्न मानेन्

काठमाडौं । प्रधानमन्त्री देउवा प्रधानमन्त्री भएको ९ महिना पूरा भएको छ । तर अहिलेसम्म प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थका अनुसार केही दिनअघि कानुनमन्त्री भएका गोविन्द कोइराला (बन्दी) बाहेक सबैले सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा पेश गरिसकेका छन् ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले सोही दिनमा ४ जनालाई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि विभिन्न चरणमा गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । ५ दलको समर्थनमा बनेको गठबन्धन सरकारमा २१ मन्त्री र ३ राज्यमन्त्री छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभागले हेर्न मिल्ने गरी मन्त्रीहरुबाट विवरण पेश भइसकेको पन्थले जानकारी दिए । तर, सम्पत्ति सार्वजनिक गर्ने वा नगर्ने विषय मन्त्रिपरिषद्को अधिकार क्षेत्रभित्र पर्ने बताए ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले सोही दिनमा ४ जनालाई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि विभिन्न चरणमा गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । ५ दलको समर्थनमा बनेको गठबन्धन सरकारमा २१ मन्त्री र ३ राज्यमन्त्री छन् ।

जानकारहरुका अनुसार मन्त्रिपरिषदले निणर्य नगरेपनि प्रधानमन्त्री/मन्त्री हुनुभन्दा अघि र विदा भएपछिको सम्पत्ति सार्वजनिक गर्नु स्वयंको पनि दायित्व हो । २०७४ को संसदयि चुनावपछि बनेको केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो ।

तर, सरकार हेरफेर र विस्तारका क्रममा थपिएका मन्त्रीहरुको विवरण सार्वजनिक भएनन् । तर, शेरबहादुर तामाङ लगायतले मन्त्री नियुक्त भएपछि स्वतःस्फुर्त रुपमा आफैंले त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।