शहरीकरण डरलाग्दो रुपमा बढिरहेको छ : मन्त्री रामकुमारी झाँक्री

रामकुमारी झाँक्री/फाइल तस्वीर

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र शहरीकरण डरलाग्दो गरी बढिरहेको बताएकी छ्न् । बसाइँसराइ एक किसिमले अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसकेको भन्दै उनले यस्तो बताएकी हुन् ।

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै काठमाडौंमा सार्वजनिक ठाउँहरु अतिक्रमण र दोहन भइरहेको भन्दै त्यसलाई रोक्ने बारेमा गहन छलफल हुन आवश्यक रहेको बताइन् ।

२०७८ को तथ्यांक हेर्दा पहाडबाट बसाइँसराइ हुने र तराईबाट पनि काठमाडौं लगायतका शहरमा बसाइँसराइ गर्ने सम्भावना बढीरहेको र बसाइँसराइलाई कसरी सदुपयोग गर्ने भन्ने कुराको अध्ययन गरी यसलाई अवसरको रुपमा प्रयोग गर्न तयार हुनुपर्ने उनले बताइन् । सार्वजनिक क्षेत्रको अतिक्रमणलाई कसरी रोक्ने भन्ने कुरा असाध्यै चुनौतीपूणर् रहेको उनले बताइन् ।