पत्रकार दीपेन्द्र ओली बने एमालेबाट वडा अध्यक्षको उम्मेदवार

लामो समयदेखि सुर्खेतबाट पत्रकारिता गरिरहेका पत्रकार दिपेन्द्र ओली स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनेका छ्न् । दैलेखको गुराँस गाउँपालिका-८ मा एमाले तर्फ बाट सर्वसम्मत उम्मेदार बनेका हुन् ।

करिव १२ वर्षदेखि सुर्खेतको जागरण एमफएममा विभिन्न जिम्मेवारी निभाउदैँ आएका ओली अन्य बिभिन्न समूह संगठनहरूमा आवद्व छ्न् ।

उनी एमाले गुराँस गाउँ कमिटीका सचिव समेत हुन् । उनले वडाअध्यक्ष जित्ने दाबी समेत गरेका छन् ।

ओली उम्मेदवार बनेको वडा नं -८ मा एमालेका पुर्ण बहादुर ओलीले अघिल्लो निर्वाचनमा ५१३ मत ल्याएर विजयी भएका थिए ।

०७४ को मत परिमाणमलाई हेर्दा नेपाली काँग्रेसले ४८७ मत ल्याएको छ भने माओवादी केन्द्रले १९ मत ल्याएको छ । काँग्रेस र माओवादीको मत जोड्दा एमालेले ५ मतले जितेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा माओवादी-काँग्रेस गठबन्धन बनाएर गएको खण्डमा पनि ओलीले जित्न सक्ने आधार छ ।