राष्ट्रियसभामा प्रचण्डका भाइ नियुक्ति हुनु नातावादको चरम पराकाष्ठा : अध्यक्ष ओली

एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गरेको विषय नातावाद कृपावादको चरम् पराकाष्ठा भएको जिकिर गरेका छन् । अध्यक्ष ओलीले शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गर्नुले शहीद परिवार र घाइतेलाई उपेक्षा गरेको बताउँदै भने, ‘पुष्पकमल दाहालका भाइ नारायण कमल दाहाल अच्छा खासा गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त गरियो । यत्रो विघ्न घाइते र शहीद परिवार थिए । जनयुद्धमा मौकाले बचेका मान्छेहरू छन् । ती सबैलाई पन्छाएर, उपेक्षा गरेर आफ्नै भाइलाई नियुक्त गरियो ।’