Search
Generic filters

वैशाख ३० को चुनाव सर्दैन, हल्ला मात्र हो : प्रचण्ड

माववादी केन्द्रका प्रचण्ड

सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको मिति तय गरेकोे छ । राजनीतिक दलहरु पनि निर्वाचनको तीव्र तयारीमा लागेका छन् । आयोगले मतपत्र पनि छापिइसकेको छ । आयोगले शुक्रबार (आज) अपरान्ह पाँच बजे औपचारिक कार्यक्रम नै गरेर आचार संहिता लागू गर्दैछ । तथापि, स्थानीय तहको चुनाव सर्ने हो कि भन्ने हल्ला एकाएक सलह जसरी फैलिइरहेको छ ।

यहीबीचमा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्रोतसंग भने, ‘सरकार वा गठबन्धन दलहरु कुनै पनि हालतमा बैशाख ३० को चुनाव सार्ने वा यताउता गर्ने पक्षमा छैनन् । चुनाव सर्छ कि भन्ने हल्ला विल्कुल गलत हो ।

कतिपयले विप्लव माओवादीलाई समेत चुनावमा ल्याउनका लागि निर्वाचन कार्यक्रम पछि सार्ने सत्तापक्षबाट तयारी भइरहेको चर्चा गरेका छन् । तर यसबारे चासो राख्दा त्यो सही नभएको माओवादी अध्यक्ष प्रचण्डले भने । उनले कुनै पनि हालतमा बैशाख ३० को चुनाव यताउता नहुने स्पष्ट पारे ।

त्यस्तै, सत्तारुढ नेपाली काँग्रेसका एक नेताले निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले आत्तिएको र उसले चुनाव सार्न चाहेको आरोप लगाए । विपक्षीबाटै चुनाव सर्ने हल्ला फैलिएको उनले आरोप लगाए । सत्तापक्ष चुनाव सार्ने पक्षमा नरहेको ती काँग्रेस नेताले बताए ।

यसैबीच, गठबन्धन दलहरुले स्थानीय चुनावमा देशव्यापी गठबन्धनको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्न लागेको नेपाली काँग्रेसका एक नेताले बताए । ती नेताले रातोपाटीसँग भने, ‘रामचन्द्र पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ ।’

गठबन्धनका तर्फबाट देशभरिका ६ वटा महानगरपालिका र उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी टुंगो लगाउनेबारे सामान्य कुराकानी भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको गठबन्धनका नेताहरुले बताएका छन् । शुक्रबार बालुवाटारको छलफलमा सहभागी एक नेताले भने,‘यसबारे छलफल त भइरहेको छ तर ठोस रुपमा टुंगो लाग्न बाँकी छ ।’

सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरु शुक्रबार बिहान बालुवाटारमा अनौपचारिक छलफलमा जुटेका थिए । सो छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रचण्डको माओवाद ७ टुक्रामा छर्पस्ट भईक्यो : जगत थापा
जनयुद्धदेखि अहिलेको अवस्थासम्म आउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’को असली रुप छर्लङ्ग देखिएको छ । प्रचण्ड र प्रचण्डको क्रान्तीलाई हजारौं टुहुरा बालबालिका, बिधुवा आमा र घाइते अपांङ्ग योद्धा हरुको...
पुरा पढ्नुहोस् ..
वर्षमान पुनले भने, टोल-टोलमा प्रचण्डको सालिक बनाएर पूजा गर्ने दिन आउँछ
साउन ३० गते । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोलटोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन् । १९औं दोरम्बा...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters