Search
Generic filters

धादिङमा कांग्रेस कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षलाई कुटपिट

गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ

धादिङ । धादिङमा काँग्रेसका कार्यकर्ताले आफ्नै पार्टि बाट निर्वाचित गाउँपालिका अध्यक्षलाई कुटपिट गरेका छ्न् । बैशाखमा हुने स्थानीय तहको निर्वाचनको उम्मेदारीका बिषयमा विवाद हुदाँ खनियावास गाउँपालिका का अध्यक्ष रणबहादुर तामाङमाथि मंगबार बेलुकी काँग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन ।

कांग्रेसका पूर्वक्षेत्रीय सभापति राजु पाख्रीनलगायतको समूहले गाउँपालिका अध्यक्ष तामाङमाथि आक्रमण गरेको आरोप छ ।

कांग्रेस नेता तथा गाउँपालिका अध्यक्ष तामाङले आफूमाथि आक्रमण भएको बताए।

‘टिकटको विषयमा कुराकानी भइरहेको थियो, मैले पनि केही कुरा राख्दा आक्रमण गरे,’ उनले भने, ‘मलाई कचौराले हानेका हुन् । कुरा राख्दा आक्रमण होला भन्ने मैले सोचेकै थिइनँ ।’

उनको अनुहारमा चोट लागेको छ। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले कांग्रेसकै नेता पाख्रीनलाई नियन्त्रणमा लिएको छ ।

‘आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरिसक्यो, घटना सामान्य हो,’ गाउँपालिका अध्यक्ष तामाङले भने । घटना हुनुभन्दा पहिले पेस्तोल पड्केको दाबीसमेत उनले गरेका छन् ।

यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । गाउँपालिका अध्यक्ष तामाङले आफू फेरि पनि पार्टीबाट उम्मेदवार हुन चाहेको कुरा राखेपछि विवाद भएको थियो ।

धादिङमा माेटरसाइकल दुर्घटना हुदा प्रहरीको मृत्यु
राती ड्युटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपान को मृत्यु भएको छ, भने सोही कार्यालयका कार्यरत तनहुका...
पुरा पढ्नुहोस् ..
सालकको खपटा ओसारपसार काराेवारमा संगलन्न २ जना पक्राउ
धादिङ । धादीङकाे गजुरीबाट एक केजी  सालकाकाे खपेटासहित दुइ जना पक्राउ परेका छन । धादिङकाे गजुरी गाँउपालिका १ स्थित गजुरीबाट प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सिन्धुपालचाेक मेलम्ची नगरपालिका २...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters