अहिले सरकारकाे काम गर्ने क्षमता र दक्षता दुवै नभएको ओलीको आरोप

file photo

सुर्खेत । आज दैलेखको दुल्लुमा आयोजित कार्यक्रम सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् ।
जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती गरेको आरोप लगाएका हुन् ।
नेकपा एमालेको सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गर्यो तर अहिलेको सरकारको काम गर्ने क्षमता नहुँदा कटौती भएको ओलीले बताएका छन् ।
दैलेखको विकाशकालागी यहाँ पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टी भएको छ र यसको मात्र प्रयोगमा ल्याउन सक्ने हो भने दैलेख मात्र नभई देशको विकासमा टेवा पुग्ने बताएका छन् । दैलेखमा रहेका धार्मिक स्थलको विकास गर्दै पर्यटनका माध्यमबाट आम्दानी लिन सबै स्थानीय तह लाग्नुपर्ने बताए ।
अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छानामुक्त अभियान ल्याएको पनि बताए । सो क्रममा दैलेखमा पनि धेरै नागरिकका घर खरका छानामुक्त भएर जस्तापाता लगाएको उनको भनाइ थियो । उनले त्यसबेला बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने प्रतिबद्धता पनि जनाए छन् ।
स्थानिय चुनाव पछि नेकपा एमालेको सरकारले अहिलेको सरकारले काटौति गरेको योजनाहरु सवै पुरा गर्ने बताएको छ । नेकपा एमालेको सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गर्यो तर अहिलेको सरकारको काम गर्ने क्षमता नहुँदा कटौती भएको छ । आफ्नो सरकार रहेको बेलामा भएका जति पनि सहरी वा ग्रमिण विकासका योजनाहरु छन, आफुहरुको सरकार भए सबै काम पुरा गर्ने प्रतिबद्धता लिएका छन् ।