स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने कांग्रेसकाे निणर्य

file photo

काठमाडौँ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन कायम गर्ने निणर्य गरेको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निणर्य गरेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।
स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको छ । यो अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निणर्य आजको बैठकले जनाएको हो ।
प्रवक्ता महतका अनुसार स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।