लोसपाका केन्द्रीय सदस्य विजय कुमार यादव कांग्रेसमा प्रवेश

file photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मात्रै लोकतन्त्र, स्थायित्व दिने पार्र्टी हो त्यसैले आत्मसथ गरेर प्रवेश गरेको बताएका छन् ।
आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले यादवलाइ पार्टी प्रवेश गराए ।
कार्यक्रममा यादवले सम्बोधन गर्दै लोकतन्त्र र स्थायित्व दिने पार्र्टी कांग्रेस मात्रै भएकाले आफू कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।