ओली र पूर्व राजा ज्ञानेन्द्र सुटुक्क भेट्छ्न् – माधव नेपाल

file photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा धाउने गरेको बताएका छन् । शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष नेपालले बताए ।
अध्यक्ष्य माधव कुमार नेपालले कार्यक्रममा सम्वोधन गर्दैै भने केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोजेका छन् । ओलीले हाम्रो गठबन्धन टुटायर आफले अर्को गठबन्धन बनाउन खोज्दैछन् । ओली राप्रपासँग मिलेर गठबन्धन बनाउन सुटुक्क लुकेर पुर्व राजा ज्ञानेन्द्र शाहसँग निरन्तर भेतघाट गरेको बताएका छन् ।
माधव नेपालले विचार मिल्नेसँग मन मिल्छ भन्दै कैलालीबाट प्रधानमन्त्रीकी पत्नी आरजु राणाले चुनाव लड्ने बताउदै उनलाइ धन्यवाद व्यक्त गरेका छन् ।
यस्तै मोहनविक्रम उपेन्द्र यादव, नेकपा माओवादीले काँग्रेसको पनि एउटा हिस्सा हामीसँग मिल्न चलिरहेको छ यसमा ‘विचार मिल्नेहरूसँग मिल्न कुनै नौँलो कुरा नभएको बताएका छन् ।