दुर्गा प्रसाईंलाई हातपातको प्रयास, एक पक्राउ

बाग्लुङमा कार्यक्रम गर्न जाँदा दुर्गा प्रसाईंमाथी हातपातको प्रयास भएको छ । मिटर ब्याज, सहकारी र बैंकका बिरुद्ध अभिब्यक्ती दिदै आएका उनलाई आक्रमणको प्रयास भएको हो ।

कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले जानकारी दिएका छन् । हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका ७ का ३७ बर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाग्लुङ बजारमा जुत्ता पसल चलाउँदै आएका उनी किन कुटपिटमा उत्रिए भन्ने कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।