
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा सुर्खेतका संयुक्त यातायात व्यवसायीको सिन्डिकेट र बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडे, पञ्चपुरीको विद्यापुरदेखि चौकुने–४ बल्देसम्मको मदन भण्डारी राजमार्ग अन्तर्गत सडक खण्डका विषयमा ध्यानाकर्षण गराईएको छ । नेकपा एमाले चौकुने गाउँपालिका कमिटि अध्यक्ष हरी अधिकारीको नेतृत्वमा आज सिंहदरवार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उक्त विषयमा ध्याकर्षण गराईएको हो ।

पश्चिम सुर्खेतको विद्यापुरदेखी चौकुने गाउँपालिकासम्म करिव डेढ महिनादेखि यातायात व्यवसायीको सिन्डिकेटका कारण सवारी साधन ठप्प छन् । जस्का कारण चौकुनेका जनताले सदरमुकाम वीरेन्द्रनगरसम्म यात्रा गर्न कठिनाई भोग्नु परिरहेको छ । सोही समस्याको सम्बोधनको माग गर्दै आज हरि अधिकारी नेतृत्वको टोलिले सिंहदरबार स्थित भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय पुगि मन्त्रीलाई ध्यानआकर्षण गराएका हुन् ।
हाल मदन भण्डारी रार्जमार्ग बडिचौरदेखि खम्बागाडे, खम्बागाडेदेखि विद्यापुर र विद्यापुरदेखि चौकुनेको बल्लेसम्मको खण्डको काम अगाडि बढे पनि बाँकी २ खण्ड खम्बागाडेदेखि विद्यापुर, विद्यापुरदेखि बल्ले सम्मको बाटोको काम अगाडि बढ्न सकेको छैन् । बाँकी २ सडकखण्डको काम यथाशिघ्र पुन: टेन्डर हुनुपर्ने भन्दै आज राज्यमन्त्री समक्ष ध्यानआकर्षक गराईएको छ । हाल विद्यापुरदेखि गुठुसम्मको सडकखण्डको काम पनि रोकिएको छ ।

उत्त ध्यानाकर्षणपछि राज्यमन्त्रीले वनको कारणले मदन भन्डारी राजमार्ग काम रोकिएको र वन मन्त्रालयसंग समन्व्य गरि काम चाडोभन्दा चाडो सुचारू गर्ने भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले बताएकी छन् ।