रक गायक रविन तामाङ अफ्नै घरमा मृत फेला

काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको आफ्नै घरमा मृत फेला परेजा छ्न् । मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले स्रोतलाई बताईन ।

६ तिर कोठाको ढोका लक भएको, भाइ भित्र रहेको र पछि ढोका फोरेर हेर्दा रविन बेड छेउमा मृत भएटिएको दिदी भगवतीले बताएकी छ्न् ।

।’ घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएकोले कानुनी प्रक्रिया पुर्‍याएर शव पोस्टमार्टमका लागि पठाएको उनले खुलाए । रविनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । बुधबार बिहान दश बजे उनको शब पोष्टमार्टम हुनेछ ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड दि रेभोलुसन’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन् ।