
वीरेन्द्रनगरका अटाे व्यवसायी छुट्टाछुट्टै आन्दोलित सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका अटो व्यवसायीहरु छुट्टा छुट्टै आन्दोलनमा उत्रिएका छन् । पाछिल्लो समय वीरेन्द्रनगर नगरपालिका ले रुट परमिट जारी गरिदिएपछि विरोधमा उत्रिएका अटो व्यवसायीहरु को विरोधमा अर्को अटो व्यवसायी समुह विरोधमा उत्रिएका हुन् ।एक समूहले रुट परमिट र व्यवसायी समिति खारेजीकाे माग गर्दै अटाे बन्द गराएका छन् भनें अर्को समूहले जवरजस्ती अटाेहरु बन्द गराएकाे भन्दै संघर्ष समितिले सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।‘उपरोक्त विषयका सम्बन्धमा यस सुर्खेत उपत्यकामा सञ्चालन भइरहेका अटो व्यवसायीहरुले प्रालिविरुद्ध अटो व्यवसायिक समिति खडा गरी विभिन्न माग राखी नगरपालिकामा पेश गरेकोमा विचौलिया मार्फत विभिन्न कपोकल्पीत माग राखी नक्कली समिति खडा गरी मिति २०८० असार ३ गतेदखि अटो जम्मा गरेर बन्दको आव्हान गरेकोले यसमा सुर्खेत उपत्यका अटो संघर्ष समितिको कुनै संलग्नता नभएको जानकारी गराउदछौं ।’ संघर्ष समितिका संयाेजक गणेश रेग्मीद्वारा जारी पत्रमा भनिएकाे छ ।
