सिंहदरवारको फोहोर ३ दिन भित्र उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश

काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाको फोहोर नउठाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

न्यायधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरकारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।

दुई हप्ताअघि काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सिंहदरबारको फोहार नउठाउने निर्णय गरेका थिए । महानगरको उक्त निर्णयले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हक हनन भएको भन्दै अधिवक्ता पदम बहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।