महाकाली नदीको किनारमा एक मजदुरको शव फेला


वैशाख ६, कैलाली। भीमदत्त नगरपालिका-१३ स्थित महाकाली नदीको किनारमा एक जना मजदुरको शव फेला परेको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका वडा नं. १२ घर भई महाकाली नदि किनारमा बालुवा छपानको काम गर्ने ६५ वर्षीय रामस्वरुप सुनारको शव आज बुधबार बिहान भेटिएको हो ।

निर्माणाधीन चार लेन पक्की पुलको दक्षिणतर्फको नदी किनारमा शव भेटिएपछी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दैछ । जिल्ला प्रहरी कार्यालय कैलालीलाई स्थानीयले घटनाको जानकारी दिएका थिए । तर मृत्युको कारण भने खुलेको छैन् । प्रहरीस्रोतले बताए अनुसार उनको शरीरमा कुनै पनि प्रकारका घाउचोट छैनन् ।

शवको पोस्टमार्टमको तयारी भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।