दैलेखमा २ रोपनीमा लगाइएको अफिम खेती नष्ट

चैत २, दैलेख । दैलेखमा २ रोपनि बढि जमिनमा गरिएको अफिम खेति नष्ट गरिएको छ ।

जिल्लाको दुल्लु नगरपालिका वडा नं. ५ को बिभिन्न स्थानहरूमा गरिएको अफिम खेति नष्ट गरिएको हो ।

अन्दाजि २ रोपनी क्षेत्रफलमा गरिएको अफिम खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । २ रोपनी जमिनमा खेति गरिएको ३५०० अफिमको बोट नष्ट गरिएको स्रोतले उल्लेख गरेको छ ।

गोप्य सुचनाका आधारमा अफिमका बोटहरू नष्ट गरिएको हो ।

दुल्लु नगरपालिकाको वडा नं. ८ मा अफिम खेति गरिएको भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको टोलिले अफिम खेति नष्ट गरेको हो ।