बारा क्षेत्र नं.२ मा उपेन्द्र यादवको २८ सय मतको अग्रता कायम

बारा क्षेत्र नं.२ मा उपेन्द्र यादवको २८ सय मतको अग्रता रहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन् ।

यादवले २२ हजार ९६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मत पाएका छन् । उनीहरुबीच २ हजार ८१७ मतको अन्तर छ ।

यस्तै एमालेका पुरुषोत्तम पौडेल ६ हजार ३५४ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेल २६ सय मतसहित चौथो स्थानमा छन् ।