राजनीतिक सङ्कट र न्याय

हाम्रो देशको राजनीतिक यात्रा सङ्क्रमण कालीन सङ्कटमा गुर्जी राखेको अवस्थामा छ । सङ्क्रमण कालीन गम्भीरतालाई व्यवस्थापन गर्नुको सट्टा केही परिवर्तनलाई संस्थागत गर्न नदिने र यथास्थितिमा पनि रहन नदिने चितामा जलेको राजतन्त्रको ओकालत गर्न दिवा सपना देखि राखेका पुरातनवादी शक्तिहरू एदाकदा कराउँछन् । सङ्क्रमण कालीन न्याय सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा समाधान गर्ने विषय केही विखण्डन बादी शान्ति सम्झौता विरोधी तत्त्वहरूले अदालतमा पुर्याएर युद्ध अपराधीको सङ्ज्ञा दिन खोजी राखेका छन् तर उनीहरूले अगाडि मात्र हेरेका छन् पछाडि फर्केर हेर्न आँट गर्नु होस यदि तपाईँहरु सङ्ग राजनीतिक दूर दृष्टि छ भने बौद्धिकता, इमान्दारिता र सत्यता कति छ बृहत शान्ति सम्झौताको हस्ताक्षर कर्ता सङ्घीयता,लोकतान्त्रिक गणतन्त्र समावेशी सामानुपातिक र धर्मनिरपेक्षताको नेतृत्व माथि त्यति सजिलै अपराधीकरण गरी जेलमा सडाउने र हजारौं हजार सपुतहरुले बगाएको रगत त्याग तपस्यामा रजाहि गर्न वा नयाँ व्यवस्थाका अन्त्य गर्ने परिवरतित व्यवस्थाको नेतृत्वसँग जसरी चोर औला देखाउदा तिम्रा चारवटा औंलाले मलाई हेर भनेको थाहा छ कि छैन ।

कानुन माओबादी पार्टी र त्यसको नेतृत्वलाई मात्र लगाउने के तिम्रो बाजे पुर्खाको पैतृक सम्पति हो । देशमा वर्ग सङ्घर्ष वा महान जनयुद् वर्गीय शोषनका विरुद्ध थियो । त्यसको नेतृत्व राज संस्था र राज संस्थादोरा स्थापित सरकार थियो । राज संस्थाको आसिरबादमा भरोशा गर्ने पार्टी र नेताहरुको थियो । गरिब निमुखा शोषित पीडित श्रमजिवि सर्वहारा वर्गको मुक्ति यात्रालाई दबाउने को हो । को हुन थाहा छ राजा, प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, मन्त्री परिषद, प्रधान सेनापति मातहतका कमाण्डरहरु, जवानहरू, जनपद प्रहरीका प्रमुख, महहतका कमाण्डरहरु जवानहरू र जनयुद्कलाई दबाउन गठन गरिएको सशस्त्र प्रहरी बलका प्रमुख मातहतका कमाण्डर र जवानहरू सुरक्षा निकायलाई उक्साउँदै निर्देशन दिँदै अगाडि पछाडी लाग्ने, पार्टीहरुका सुराखि, गुण्डाहरु कसैले छुट पाउँदैन् । आउनुहोस जनयुद्द कालीन समयमा आम सर्व साधारण जनतालाई लाइन लगाएर माओवादीको आरोपमा एउटा गोलीले दर्जनौं सर्व साधारणको हत्या गर्ने कुन निकाय हो ।

कालिकोट, जाजरकोट, रुकुम, रोल्पा, सल्यान लगाएतका दर्जनौं जिल्लामा कल्लेआम हत्या गर्ने को हो । हजारौं महिलाहरुलाई बलात्कार गरी हत्या गर्ने को हो । इतिहास साक्षी छ । तिमीहरू हत्यारा होइन बलात्कारी होइन । अपराधी होइन । विश्वका युद्ध कालीन देशहरूमा विद्रोही पक्ष पीडित हुन्छ । दबाइएको हुन्छ थिचिएको हुन्छ । राज्य पक्ष राज्यको हात हतियार साधन क्ष्रोत प्रयोग र परिचालन गरी हत्या, हिंसा, बलात्कार, लुटपाट गरेको इतिहास छैन । खोजेको के हो । उनीहरू के अपराधी होइनन । एक अर्कालाई अपराधको आरोप प्रत्यारोप लगाउनु न्ययचित होइन । सबै मिली बृहत शान्ति सम्झौताको मूल मर्मलाई सहजता पूर्वक समाधान गरी अगाडि बढ्नु आजको आबस्यकता र अनिवार्य दुवै हो ।

हामि सबैले संविधान भन्दा बाहिर गएर सङ्क्रमण कालीन सङ्कट निरूपण खोज्नु हुँदैन । सत्य निरुपण तथा मेलमिलाप आयोग द्वारा विद्रोही पक्ष राज्य पक्षका पीडित पक्षले उचित न्याय पाउनु पर्छ । अब बेपत्ताहरुको पनि खोजा अनुसन्धान गरी बेपत्ता परिवारले पनि न्याय पाउनु पर्छ । बेपत्ता र मेलमिलाप आयोगको छिटो छरितो तिब्रताको खाँचो छ । सबै मिली इमान्दारिता पूर्वक सङ्क्रमण कालिन सङ्कटको अन्त्य गरी देश विकास र समृद्धिको बाटो रोजौं । सबै मिले देशको बिकाश समृद्धि सम्भव छ।हाम्रो देशको राजनीतिक रुपमा मौलाउँदै गएको एक अर्का प्रति आरोप प्रत्यारोप संस्कारको अन्त्य गरौं ।