“कारागारमा किताब अभियान”लाई ११४ वटा पुस्तक हस्तान्त्रण

“कारागारमा किताब अभियान” का लागि नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको अध्यक्ष बिन्दु अधिकारी ढकालले पुस्तक हस्तान्तरण गरेकी छ्न् । हिजो श्रावण ७ गते “मावली दिदी, बिन्दुहरु”, आफ्नो बुवा स्वर्गीय बालकृष्ण अधिकारीको कृतिहरु “नदीझैँ जिन्दगी, समृद्ध बनाउ नेपाल, राष्ट्रियता बोल्दछ” तथा आफ्नो ससुरा बुवा सिताराम ढकालको “जेष्ठ नागरिक योद्धा सिताराम ढकाल” समेतका ११४ वटा किताबहरु “कारागारमा किताब अभियान” का सह-संयोजक ज्योती कटुवाललाई हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा अध्यक्ष बिन्दु अधिकरी ढकालज्यूले किताब हरेक मानिसलाई बदल्ने एक साधन भएकोले आफुले सृजना गरेका साथै अन्य विभिन्न कृतिहरूले जेल जिवन बिताई रहेका मानिसहरूलाई अध्ययनको लागि पुस्तक दिन दिएकोमा हर्षित हुदैँ आफ्नो यो कदमले कैदि बन्दीहरुको सकरात्मक सोचाई विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिन् ।

कार्यक्रममा साहित्यकार देविका तिमिल्सिना, सामाजिक अभियान्ता हासा मल्ल, लक्ष्मी भट्टराई लगायत किताब अभियानका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

अभियानका सह-संयोजक ज्योती कटुवाले यो अभियानलाई सार्थक बनाउन पुस्तकहरू हस्तान्तरण गरेकोमा श्रीमती संघका अध्यक्षलाई धन्यवाद दिदैँ उक्त पुस्तकहरूले कारगारमा रहेका मानसिहरूको जीवन बदल्न ठुलो मद्दत पुग्ने विश्वास गरेकी छ्न् ।

साथै, प्रदेश प्रहरी प्रमुख डिआईजी भिम ढकालले ‘कारागारमा किताब अभियान’ र हिरासतमा पुस्तकालय स्थापनाले अपराधमा संलग्न भएका मानिसहरूको जीवन बदल्न र भावी दिनहरूमा समाजमा पुनर्स्थापना समेत सहज हुने बताएका छ्न् ।