चार्जमा राखिएको मोबाइलमा फोन उठाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो ३ बजे गौरीगन्ज गाउँपालिका-१ टुनु बस्तीकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सिला खेतमा काम गरेर घर फर्किएकी थिइन्। फोन आएपछि मोबाइल उठाउँदा उनलाई करेन्ट लागेको थियो ।करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले बताए । घटनाको थप अनुसन्धान अघि बढाएको छ ।