गठबन्धनमा समस्या देखिएपछी माधव नेपाल फकाउन ओली र प्रचण्डको दौड

नयाँ समिकरण अनुसार गठबन्धनमा समस्या देखिने भएपछी माधव कुमार नेपाललाई फकाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको दौड तिब्र बनेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन् ।

सत्ता गठवन्धनको वैठकमा माधव नेपाल विना बहुमत नपुग्ने देखिनुका साथै प्रदेशहरुमा पनि समस्या हुने देखेपछि दुवै नेता उनलाई फकाउन निस्केका हुन् ।

अध्यक्ष नेपाललाई ओली र प्रचण्डले भेट्ने व्यवस्था मिलाइएकाले उनीहरु नेपाल निवासतिर लागेका स्रोतले बताएको छ ।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।