माओवादी विधान अधिवेशन, छलफलका लागि २० समूह गठन, छलफलको निष्कर्ष आउन बाकि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमजन्त्री प्रचण्डले विधान अधिवेशन बैठकमा छलफलका लागि २० समूह गठन गरेका छन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेश गरेका छन । प्रज्ञा भवनमा जारी बैठकमा मस्यौदामाथि छलफल गर्नका लागि २० समूह गठन गरेको छ ।
अधिवेशनमा करिब १२ सय प्रतिनिधि सहभागी छन । पार्टी कमिटी सानो बनाएर व्यवस्थित ढंगले पार्टी चलाउने लक्ष्यका साथ माओवादीले विधान अधिवेशन गरेको हो । अधिवेशन तीन दिनसम्म चल्नेछ ।
बैठकमा पार्टीका नेतृत्व चयन प्रक्रियाको विषयमा बहस भइरहेको छ । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत पार्टीको सबै कमिटी निर्माण गर्ने प्रस्ताव गरेका पेस गरेका छन । पार्टिका महासचिव देवप्रसाद ले सहभागीमध्य बाट एक समुहमा ५० देखि ५५ जना रहने छन । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समुहको अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।