एमाले सुर्खेतमा आन्तरिक बिवाद, अध्यक्षद्वारा अधिवेश स्थगित

नेकमा एमाले भित्रकाे आन्तरिक बिबाद सतहमा देखिएकाे छ । केही समय अगाडी पत्रकार सम्मलेन गरेर फागुन ४, ५ र ६ गते ताेकिएकाे जिल्ला अधिवेशन पाटीका जिल्ला अध्यक्ष अमृत बिसीले स्थगित भएकाे घाेषणा गरेका छन् ।

उनले जिल्ला कमिटी सम्वद्द नेता, कार्यकर्ता र पत्रकारहरूलाइ सम्बाेधन गर्दै बिज्ञप्ती जारी गरेर साे काे जानकारी दिएका हुन । बिज्ञप्ती जारी गर्दै उनले भनेका छन् नेपाली जनताप्रतिको गहन जिम्मेवारी हरेक आन्दोलनको अग्रमोर्चामा उभिएर पुरागर्दै विगत सत्तरी वर्षपार गरेको सङ्गीन विरासतको जगमा आज म तपाईहरुको समक्ष नेकपा एमाले सुर्खेतकाे अध्यक्षकाे हैसियतमा खडा भएको छु। सुर्खेत जिल्लाको गरिमा तथा मर्यादालाई फर्केर हेर्दा म स्वंय सुर्खेत जिल्लाको अध्यक्षको हैसियतले गौरव महसुस गरेको छु। पार्टी जिल्ला किमटीकाे बैठकबाट नवाैं जिल्ला अधिवेशनकाे तिथी मिती समेत घाेषणा भएकाे कुरा पनी बिदितै छ । तर सुर्खेतकाे पार्टी जिवन आठाैं जिल्ला अधिवेशन बाट आजका मितीसम्म आइपुग्दा जसरी पार्टी साझा तरिकाले चल्नुपर्ने हाे यसरी चल्न चलाउन सकिएन । तसर्थ आज बिकसित बिषेश अवस्था प्रती सबै पार्टी सदस्य तथा अगुवा नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक सबैलाइ संयम तथा धैर्यरहन अपिल तथा आग्रह गर्दछु ।

उनले बिज्ञप्तीमा भनेका छन् हाल पार्टी कमिटी भित्र संस्थागत गुटवन्दी झाङ्गीएको, स्थानीय पार्टी कमिटी सस्थागत सन्चालन नभाएका, जनवर्गिय संगठनहरु प्रभावकारी नभएको अवस्था छ, यि विषय वस्तुलाइ ठोस ढंगले सम्बोधनका लागि अागामी दिनमा कार्य योजना बनाइ अघी जानुको बिकल्प छैन ।

आठाै जिल्ला अधिवेशन पश्चात आन्तरिक प्रतिस्पर्धालाइ व्ययवस्थित तथा वैज्ञानिक तबरले संचालन गर्न सकिएन तत् पश्चात् यो क्रम अंझ बढी पेचिलो बन्यो। नविकरणको समय हुदाहुदै दुरदराजका पार्टी सदस्यहरु नविकरणबाट बन्चित भए‌को अवस्था रह‌यो पाटीभित्र गुटबन्दी तिब्रभयो, पाटी निर्णय कार्यान्वयनमा समस्या सिर्जना हुदै आए, पार्टी संस्था नै पहिचान हिन हुने अवस्था बनाईयो, अध्यक्षलाई अबमुल्यन तथा अपमान गर्दै केहि व्यक्तिको ईसारामा पार्टीलाई नचाउने प्रयत्नाहरु भए पाटी जिल्लाकमिटीको बैठक हलमा तालाबन्दि गरि सदस्यहरु लाई बन्धक बनायर निर्णय गर्न थालियो ।

विभिन्न निर्वाचनमा खुलेआम घात अन्तरघात गरिए, अधिबेशनबाट बाहिरिएका जिम्मेवार कमरेड हरुलाई आग्रहपूर्ण तरिकाले बाहिर राखियो केहि जिम्मेवारीमा रहेका नेता हरुले नै चरम अराजकता प्रदर्शन गर्नेक्रम बढ्दै गयो र प्रथम कर्णाली अधिबेशन पछि सुर्खेतको पार्टी संगठनमा देखिएको असहजता, झुलाघाट चिवाभन्ज्याङ्ग, समृद्दिको सत्य यात्रा अभियान अन्तरगत सुर्खेतमा हुने आमसभाको तयारी बैठक बहिस्कार गरिनु, हरेक जिल्ला सचिवालय बैठकमा बैठकको मर्यादा उलंघन गर्दै प्रस्तुत हुनु जस्ता समस्याहरुको ठोस निराकरण नगरि गरिएको अधिवेशनले सार्थकता प्राप्त नगर्ने र सुर्खेतको पार्टी निर्माण पनि नहुने भएकोले माथि उल्लेखित समस्याहरुको घनिभूत छलफल गरि निराकरण र समाधान पश्चात् गरिने अधिवेशनबाट मात्रै ठोस उपलब्धि प्राप्त हुने देखिन्छ। पाटी केन्द्रले जिल्ला अधिवेशनको समय सिमा आगामी २०८१ जेठ सम्म तोकेको, जिल्लाको बस्तुगत राजनीतिक परिस्थिति सहमति र सहकार्यमा अधिवेशन सम्पन्न गर्ने अवस्थामा नदेखिएको हुदाँ आगामी दिनमा यो अधिवेशनलाई सुर्खेतका आम नेता कार्यकर्ता पार्टी सदस्यहरुको साझा अधिवेशनको रुपमा सम्पन्न गर्ने अभिभाराका साथ, यस सन्दर्भमा केन्द्रिय कमिटी, कर्णाली प्रदेश कमिटी तथा मातहतका स्थानीय कमिटी, जनवर्गिय संगठनहरुको ध्यानाकर्ण गराउदै अर्को निर्णय नहुदाँ सम्म २०८० फाल्गुन ४,५, र ६ गते तोकिएको नवाैं जिल्ला अधिवेशन र अधिवेशनसंग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्दै अधिवेशन तयारीका लागि गठित सम्पूर्ण समिति र उप समितिहरु आजैका मितिदेखि विघटन भए‌को सरोकारवाला समक्ष घोषणा गर्दछु र उपयुक्त समयमा स्थगित अधिवेशनको मिति तोकिने समेत जानकारी गर्दै, मैले लिए‌को यो निर्णयलाई अन्यथा नबुझि पार्टी शुद्धिकरणको अभियानको रुपमा बुझीदिन सम्बन्धित तह र पक्षहरुलाई आग्रह गर्दछु ।