दैलेखमा अनेरास्ववीयुको कर्णाली प्रदेश प्रथम अधिवेशन सम्पन्न

दुर्गा खड्का, सुर्खेत । नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववीयुले कर्णाली प्रदेश स्तरीय प्रथम अधिवेशन सम्पन्न गरेको छ । दैलेखको सदरमुकाममा आयोजना भएको सम्मेल मिति २०८० माग ७ गते सुरु भई माघ ८ गत्ते सम्पन्न भएको छ । अधिवेशनले राजेश ओलीको नेतृत्वमा ४१ सदस्य प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।

समितीमा अध्यक्ष राजेश ओली, उपाध्यक्षमा बिवश भारती, मन्सुन दाहाल, संजय योगी, सचिवमा धर्म शाही, सह सचिवमा प्रतिभा शाही, प्रकाश मल्ल, रोशन शाही र कोषाध्यक्षमा जगत जंग शाही लगाएत अन्य सदस्यहरु राखेर सर्वसहमत कमिटि निर्माण गरेको छ