हर्क साम्पाङको बिद्रोह, उपकुलपतीको कार्यकक्षमा तालान्दी

धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान उपमहानगरपालिका स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा आफैंले ताला लगाईदिएका छन् । बिबाद चुलिरहेका बेला मेयर साम्पाङले सो कदम चालेका हुन् ।

ताला लगाउन उनी मोटरसाईकल चढेर एक्लै प्रतिष्ठानमा पुगेका थिए । वीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै उनले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किएका थिए ।

ताला लगाउँदै ‘वीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरुले खोल्ने आँट नगरुन, आवश्यक परेका बेला म आफैं आएर खोल्छु ।’ भन्दै प्रतिक्रिया दिएका थिए ।

मेयर साम्पाङले वीपी प्रतिष्ठानलाई धरासायी बनाउने कुनै पनी पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेको कर्मचारीहरुले बताए ।