प्रचण्डले बालकुमारी घटना मोड्न खोज्दैछन, भीम रावल

नेकपा एमालेका नेता भीम रावल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बिरूद्दमा खनिएका छन । उनले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने भन्दै प्रचन्डले अन्तै मोड्न खोजेको आरोप लगाएका छन् ।

मेलमिलाप दिवसको अवसरमा साेमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै दुई युवा मारिएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका छ भनेर अभिब्यक्ती दिएका थिए ।
प्रधानमन्त्रीले भनेका थिए, ‘यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ, ईपीएसमा जे जस्ता गतिविधि भएका छन, गाडी जलाउने गतिविधि छ, यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो काहीं लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन ।’
तर, नेता रावलले साे कुराकाे खन्डन गर्दै प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी ध्यान अन्तै खिचेर विषय लुकाउने डिजाइन रचेको हुनसक्ने बताए ।
उनले सामाजिक संचालमा ट्वीट गर्दै लेखेका छन्न, ‘गिरिजा प्रसाद कोइरालाले ग्र्याण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइन भएको भनेका छन कस्तो र कसले गरेको ? प्रधानमन्त्रीले भन्नुपर्छ । अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रधानमन्त्रीको डिजाइन हुनसक्छ ।’