
सुर्खेतमा आयोजना गरिएको समाजवादी मोर्चा नेपाल सन्देश सभामा प्रधानमन्त्री प्रचन्डले भने भ्रष्टाचारको बिरुद्ध सुसासनका पक्षमा एउटा नयाँ लडाई सुरु गरिएको छ, त्यसमा एकता बद्ध हुनका लागि अपिल गर्दछु ।

यो रोकिनेवाला छैन । यो समाजवाद निर्माणको अभियानका रुपमा निरन्तर अगाडी बढने छ । यसले तेरो मेरो दाँया बाँया हेर्ने छैन । यसले नेपाली जनताको सर्वोत्तम हितको निम्ती समर्पित भएर लाग्ने छ ।
उनले थपे भ्रष्टचारको कुरामा मैले सिआईबीलाई भनेकाु छु, गल्ती गरेको भए मलाई पनी समाउनु, अनुसन्धान गर्नुस भनेर ।
