
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) जिल्ला कमिटी सुर्खेतले एम.सी.सी का प्रमुखको पुत्ला दहन गरेको छ । विप्लव समुहले पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) जिल्ला कमिटी सुर्खेतको आयोजनामा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गणेश बोगटि “ध्रुब“ को नेतृत्वमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका ६ स्थित खोर्केलाईनमा पुल्ता दहन गरिएको थियो ।

एम.सी.सी प्रमुख खड्ग बहादुर बिष्टको पुत्ला दहन गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोलिले उक्त पुत्ला नियन्त्रण लिएको थियो ।

केही बेरको तनाव पछि उक्त आन्दोलित समुहले कोणसभा गरि कार्यक्रम समापन गरेको थियो ।

प्रहरीले धरपकडमा कालिकोट जिल्ला नरहरिनाथ गा.पा.४ का बिद्यार्थी संगठनका सदस्य पारस बोगटि लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तर्फ लगिएको प्रत्यक्ष दर्शीले बताएका छन् ।