प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक ७ बजेलाई सारियो


प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक साँझ ७ बजेका लागि सारिएको छ ।

सुर्खेतमा रहेका प्रधानमन्त्री दाहाल आउन केहि ढिलाई हुने भएपछि ४ बजेका लागि बोलाइएको बैठक सारिएको हो ।

उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधिहरूको सहभागी रहनेछ । आइतबार बसेको बैठककै निरन्तरता आजको बैठकमा रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि प्रधानमन्त्री दाहालले बैठक बोलाएका हुन् । उक्त बैठक सदनको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित हुने छ ।