नेपाल भन्छन् ‘कतिले मलाई भागे भनेर लेखेछन्, माधवकुमार गोली चल्दा पनि नभाग्ने मानिस हो’


एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणको छानबिनमा आफ्नो पूणर् सहयोग रहने बताएका छन् ।

युरोपबाट फर्किएपछि सोमबार विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानीमा उनले आफूलाई विदेशमै लुक्ने आरोप लागेपछि भ्रमण छोट्याएर आएको बताएका छन् ।

कतिले माधवकुमार नेपाल भागे भनेर लेखेछन् । माधवकुमार नेपाल भाग्ने मानिस होइन । गोली चल्दा पनि नभाग्ने मानिस हो,’ उनले भने ।

नेपाल भन्छन्, ‘बालुवाटारको निवासभित्रको त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भनेपछि सम्भवतः मेरो नाम अरुभन्दा अग्रपंक्तिमै पर्नेछ, नबिराउनु नडराउनु भन्छन् । बिराएको छैन, भ्रष्टाचार गरेको पनि छैन ।

बदमासी भएको विषयमा छानबिन होस् । त्यसमा मेरो सहयोगी भूमिका रहने छ ।’