अनिता देवीले लिइन् मन्त्रीको सपथ


राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नवनियुक्त अनितादेवीले पद तथा गोपनीयताका शपथ लिएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।