
सुर्खेत । भ्रष्टाचारविरुद्ध सुर्खेतमा बृहत् नागरिक हस्ताक्षर अभियानको सुरुआत गरिएको छ । प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमप्रति समर्थन जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनयोङ्ग कम्युनिष्ट लिग नेपाल जिल्ला कमिटि सुर्खेत, अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति, अखिल(क्रान्तिकारी)सुर्खेत वहुमुखि क्याम्पस सुर्खेत, अखिल (क्रान्तिकारी) जिल्ला समिति सुर्खेतको आयोजनामा मंगलबार हस्ताक्षर अभियान सुरु गरिएको हो ।

मंगलबार गरिएको हस्ताक्ष संकलन कार्यक्रममा १५० जना भन्दा बढीले भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका छ्न् । भनें बुधबार र बिहीबार पनि हस्ताक्षर संकलन अभियान जारी रहने अखिल क्रान्तिकारी सुर्खेत जिल्ला संयोजक टिकाराम विश्वकर्माले जानकारी दिए ।
तस्वीरमा हेर्नुहोस् ….











