
भ्रष्टाचारविरुद्ध सुर्खेतमा बृहत् नागरिक हस्ताक्षर अभियानको सुरुआत गरिएको छ । प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमप्रति समर्थन जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन, योङ्ग कम्युनिष्ट लिग नेपाल सुर्खेत कमिटीको आयोजनामा मंगलबार हस्ताक्षर अभियान सुरु गरिएको हो ।

मंगलबार गरिएको हस्ताक्ष संकलन कार्यक्रममा १५० जना भन्दा बढीले भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका छ्न् । भनें बुधबार र बिहीबार पनि हस्ताक्षर संकलन अभियान जारी रहने अखिल क्रान्तिकारी सुर्खेत जिल्ला संयोजक टिकाराम विश्वकर्माले जानकारी दिए ।
‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर’ भन्ने मूल नाराका साथ कार्यक्रम सुरु गरिएको कार्यक्रममा सहभागी माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले वर्तमान सरकारले सुशासनका क्षेत्रमा महत्त्वपूर्ण कदम चालिरहेको भएपनि सबैको साथ पाउन नसकिएको जिकिर गरेका छ्न् । भ्रष्टाचार नियन्त्रण गरे देशलाई आर्थिक समृद्धिको लैजान सकिने उनले दावि गरेजा छन् ।

तीनवटै तहका सरकारका प्रतिनिधिहरु भ्रष्टाचार विरुद्धका अभियानमा जुट्नु पर्ने संयोजक टिकाराम बताएका छ्न् ।