आज प्रधानमन्त्री प्रचण्ड आज रोम जाँदै

काठमाण्डाै | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली जाँदैछन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज बेलुकी त्यसतर्फ जान लागेका हुन् हो ।

पर्सि ८ गतेदेखि संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । अतिकम विकसित देशको अध्यक्षको हैसियतमा उहाँले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलमासमेत सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।